नेकपा एमालेलाई भोट किन हाल्ने लुम्बिनी प्रदेशबासीले (VOTE FOR CPN UML: WHY)

देश स्थानीय निकायको निर्वाचनको संघारमा पुगेको छ, वैशाख ३० गते शुक्रबार तय गरिएको निर्वाचन का लागि विभिन्न भिन्न दलहरूका हजारौं नेता कार्यकर्ताहरू प्रत्यासीहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार, मोलमोलाइ, भेटघाट लगायतका विभिन्न कार्यक्रमहरुमा व्यस्त छन। के प्रत्यासी, राष्ट्रिय स्तरका नेताहरु, सांसदहरू, मन्त्रीहरू तथा हालका कार्यवाहक प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीहरुसमेत यो जोर जुलुममा सहभागी भई आ-आफ्ना स्थानीय नेताहरूकोलागि भोट मागिरहेका छन्।

रूपन्देही, नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरु पनि यस प्रक्रियामा अछुतो रहने कुरै भएन जसले देशकै राजनीतिक भविष्य निर्धारण गर्ने घङडान राजनीतिज्ञहरू जन्माएको छ।  विष्णु प्रसाद पौडेल, बालकृष्ण खाँण, घनश्याम भुसाल, कृष्ण वहादुर महरा, नेकपा एमालेका महासचिव  शंकर  पोखरेल, सोमनाथ पान्डे, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रित जस्ता राष्ट्रिय स्तरका नेताहरुको उपस्थिति रहेको प्रदेश, सामाजिक, आर्थिक र राजनीतिक हिसाबले अत्यन्त महत्वपूर्ण जिल्लाहरु, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा सामरिक महत्व वोकेको क्षेत्रमा राजनीतिक दलहरुको चासो र उपस्थित कम हुने त संभावनानै भएन। भविष्यमा देशले प्रधानमन्त्री पाउन सक्ने सम्भाव्य ठाउँ हो लुम्बिनी प्रदेश। राजनीतिक परिवर्तन, आर्थिक, सामाजिक तथा सांस्कृतिक विकास र अन्तर-देशिय प्रभाव राख्न मुख्य भुमिका खेल्न सक्ने क्षमता  जिल्लाह यसै प्रदेशमा रहेको छ। 

गांउ नगर, जिल्ला, क्षेत्र र प्रदेशको बृहत्तर विकास यसै हुने होइन। कुनै राजनीतिक पार्टीको एकल सोचले पनि संभव छैन। हामी जनताको सुझबुझ पुर्ण निर्णय, हामीले दिने भोट, असल र नेतृत्व प्रदान गर्न सक्ने नेता तथा कार्यकर्ता छान्न सक्ने हाम्रो क्षमताले हाम्रो आगामी दिनको विकास, सम्बृद्धीको चाहना पुरा हुन सक्ने हो। आवेगमा, लिगेसीमा, एक छाक चिया नास्तामा, दुई चार हजारमा वा नमस्ते ज्यु हजुरीमा, बुवा आमाको आशिर्वादमा, प्रेममा, डरमा, प्रलोभनमा वा आशामा देशको मुहार फेर्ने, प्रदेशको, जिल्लाको, नगरको, गाउँको, टोलको, चोकको गल्लीको विकास, बृहत्तर सम्बृद्धी वेच्ने अधिकार हामी कसैलाई विशेष गरी आजका युवालाई छैन।

हाम्रो एक एक भोटले हाम्रो एक एक सपना बर्बाद हुन सक्छ। हामीले विगतदेखि आज र भोलिलाई हेर्न जरुरी छ हाम्रा चाहना र भविष्य  आज हामीले रोज्ने एक गलत पार्टी, गलत व्यक्ती वा असक्षम नेतृत्व र एक भोटले वर्वाद हुन सक्छ। सजिलो छैन। हामी नेता र कार्यकर्तालाई ३६५*५ गाली गर्ने अधिकार राख्छौं भने आजको हाम्रो निर्णय सही र उचित हुनु जरुरी छ। जोसिएर आएका पल्लो घरको कान्छो, माइलो, दाजु, मामा वा अरू कोहि, हामी हाम्रो सपना साट्न सक्दैनौ र साट्न हुन्न पनी।

लुम्बिनी प्रदेश विकासको चरम उत्कर्षमा छ। अरबौ अर्व का विकास परियोजना निर्माण र संचालनको प्रकृयामा छन। देश बदल्ने अभियानमा प्रदेशको प्रमुख भुमिका छ। पूर्वाधार विकासमा, सामाजिक र आर्थिक विकासमा एक नम्बरमा रहेको प्रदेश हो। असिमित संभावना वोकेको शहरहरु, पर्यटन, धर्म, अर्थ र राजनीतिक किल्ला हो लुम्बिनी प्रदेश। तसर्थ जो कोही यस प्रदेशको आगामी निर्वाचन र त्यसको सम्भावित प्रतिफलको लागि उत्सुक नहुने प्रश्नै आउँदैन।


नेकपा एमालेका प्रतिस्प्रर्धीहरूलाई नै भोट किन हाल्नेत लुम्बिनी मा।

न्युटनको चाल सम्वन्धि नियमले भन्छ हरेक कृयाको बरावर तर विपरित प्रतिक्रिया हुन्छ। प्रदेशको सामाजिक, आर्थिक, सांस्कृतिक र पुर्वाधार विकाश, शिक्षा, स्वास्थ्य र राजनीतिक प्ररिवर्तन, विगत केही दशकमा सम्पूर्ण अवयवहरूमा देशका अन्य भुभाग वा प्रदेशहरुको भन्दा उल्लेख्यनिय प्रगति यस क्षेत्रले गरेको छ। विशेषतः सडक पुर्वाधार, स्वास्थ्य र शिक्षामा, पर्यटन, उद्योग र व्यबसाय, सामाजिक समानता लुम्बिनी प्रदेशबासीले गर्व गर्ने परिवर्तन हामीले केही समययता देख्न पाउँछौँ। अनगिन्ती र खरवौ रकम बराबरका विकास निर्माणका आयोजना र वजेट विनियोजन भएका छन। कामहरू शुरूआत, निर्माण र सम्पन्न हुदै छन जुन तल विवरणमा उल्लेख पनि गर्ने जमर्को गरेको छौं।


आर्थिक र सामाजिक पुर्वाधार तर्फ भैरहेका केही गर्विला आयोजनाहरू।

१. बुटवल वेलहिया ८ लेन सडकमार्ग 

२. लुम्बिनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल 

३. प्रस्तावित मोतिपुर औधोगिक क्षेत्र 

४. सिद्धार्थनगर विषेश आर्थिक क्षेत्र 

५. वुटवल नारायणघाट ६ लेन सडकमार्ग 

६. वेथरी बेलवास सडक परियोजना। 

७. बुद्ध सर्किट मार्ग 

८. सिद्धार्थ राजमार्ग स्तरोन्नति परियोजना

९. सिद्धवावा शुरूङमार्ग परियोजना 

१०. लुम्बिनी सिद्धार्थनगर ४ लेन सडकमार्ग 

११. बृहत लुम्बिनी विकास गुरुयोजना 

१२. तिलोत्तमा बुटवल मेडिकल कलेज 

१३. तिनाउ दानव नदी करिडोर। 

१४. लुम्बिनी बौद्ध विश्वविद्यालय 

१५. बुटवल खानेपानी आयोजना। 

१६. बिभिन्न प्राविधिक विद्यालयहरु। 

१७. बुटवल गोरखपुर ४४० भोल्टेज ट्रान्समिसन लाइन। 

१८. कालिगण्डकी तिनाउ मरिन आयोजना।

माथि उल्लेखित सम्पूर्ण परियोजनाहरू सरकारी लगानीका परियोजनाहरू हुन। निजिक्षेत्र मैत्री वातावरण बनाउन चालिएका कदमहरूले अन्य सयौं निजी परियोजनाहरू निर्माण हुदै छन जस्तै।

१. लुम्बिनी केवलकार परियोजना 

२. ५ तारे होटलहरू 

३. विभिन्न सिमेन्ट उत्पादन उद्योग तथा कलकारखानाहरू। 

५. विभिन्न कृषि र पशुपालन सम्वन्धी आयोजनाहरू।

रूपन्देही, नवलपरासी, कपिलवस्तु, दाङ, बाँके र बर्दिया लगायत जिल्लाहरू त देशकै नमुना जिल्लाहरू बन्दैछन विकास र समृद्धिको हिसाबले। पहाडी जिल्लाहरू, शहरहरूमा सम्पन्न र विकसित हुँदै छन। शिक्षा र सरकारी क्षेत्रमा उल्लेखनीय उपस्थिति छ लुम्बिनीका पहाडी जिल्लाहरूको।

यि सवै तर भवितव्यले भै रहेको अवश्य होईनन। वर्षौंदेखिको विकासप्रतिको चाहना, मेहनत र लगन, राजनीतिक चेतना र सो चेतनशील जनताको सचेत निर्णय र सो निर्णय स्वरूप चयन गरिएका राजनैतिक प्रतिनिधिहरूको समेत अथाह प्रयासहरू स्वरूप आज लुम्बिनी प्रदेश देशकै नमुना प्रदेश बन्न सकेको हो।

विष्णु पौडेल जस्ता अर्थ र जलश्रोत मन्त्री, नेकपा एमालेका महासचिव, शंकर पोखरेल, घनश्याम भुसाल, प्रदीप ज्ञवाली, बासु पाण्डे जस्ता युवा नेताहरु, राष्ट्रिय राजनीतिमा प्रभाव पार्न सक्ने क्षमता आदिले आज तपाई हामी हाम्रो प्रदेश र जिल्ला को बिकासको गर्व गर्न, सुविधा उपभोग गर्न र हाम्रो विकासको चाहना पुरा भएको देख्न पाएका छौं।

सही राजनैतिक दल र नेता चयन जनताले गर्ने हो, जसले लाखौं जनताको चाहना अनुरुप इमान्दार प्रयास गरोस जनताको पक्षमा निर्णय गर्न। एक गलत भोट र गलत नेता चयनले कम्तिमा ५ वर्ष वेक्कार जानेछ।  तपाईंको नेता कस्तो होस? विचार गर्नु भाछ?

१. इमान्दार होस। 

२. आटिलो होस। 

३. तपाईंको आफ्नो होस। 

४. तपाईंको पक्षमा केन्द्रमा बहस र पैरवी गर्न सकोस। 

५. ऊ आफै पनि मूल्यवान होस पार्टी र संसद्मा। विष नभाको शर्प जस्तो फिका नहोस। 

६. जनतालाई बुझोस, क्षेत्र बुझोस।


विचार गर्नुस् त तपाईंको भोट कस्लाई जादैछ?  लाचार र वेबस तपाईंको प्रतिनिधिलाई की दमदार क्षमतालाई। तपाईं चाहानु हुन्न, तपाईं वोलेको सिंहदरबारमा सुनियोस, संसद मा सुनियोस, सरकार ले सुनोस। बा कांग्रेस बाले भनेको नेतालाई भोट हाल्ने? , दाई माओवादी ऊल्ले भनेको त्यै भर? दुई दिन नमस्ते गरेको नेतालाई भोट? मामा ले भनेको, की भिनाजुको साथी?

के तपाईंको नेताले प्रधानमन्त्रीसंग कुरा गर्न सक्छ? हाम्रो समस्या संसदमा टेवल गर्न सक्छ? रोष्टम घेराऊन एजेन्डा पठाउन सक्छ? अव बुटवल भैरहवा र यो क्षेत्रले देशलाई प्रधानमन्त्री दिनु पर्छ। कुन पार्टीवाट आउछ त्यस्तो नेता?  छ?  

छ, नेकपा एमाले मा छ। विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल लगायतका नेता छन। हाईट हेर्नुस यि नेताहरुको। तपाईंले हाल्ने हरेक स्थानीय तहका नेताहरूले यि भेट्रानहरूलाई हरेक दिन तर्साउने क्षमता राख्छन् किन था छ? किनकि माथिका नेताहरु बास्तबमा भावी प्रधानमन्त्रीका दावेदार र आकांक्षीहरूहुन। अव यिनीहरू पछाडि फर्कन सक्दैनन र फर्किदैनन पनि। यिनको आकांक्षासंगै अव तपाई हामी गांउ गाउँ र सहर सहरका विकास र प्रगतिको आकांक्षाहरू संगै हिडेकाछन्। हामीले निर्वाचित गरेका हाम्रा प्रतिनिधिहरू मार्फत यिनले आफ्नो भविष्यको खाका कोर्ने छन। हाम्रा विकाशका चाहनाहरू पुरा नगरी यिनीहरु अघि बढ्नै सक्दैनन।

बुटवल नगर र भारतको मुम्बईको तुलना गरिदैछ अहिले। बुटवल, तिलोत्तमा र सिद्धार्थनगर नगरपालिका, यदि सवैलाई मर्ज गर्ने हो भने देशकै सबैभन्दा ठूलो र शक्तिसाली महानगर बन्दै छ यो क्षेत्र। वुटवलबाट राजधानी दाङ सारियो भनि चिन्ता व्यक्त गर्ने जमात पनि धेरै नै छ तर के तपाईंलाई थाह छ यो सोचेर सम्झेर नेकपा एमालेका नेताहरूको दुरदर्शी निर्णयले दांग सारिएको हो, हठात होईन!! । जग्गा दलाल र अल्पकालीन नाफाखोर हरूको छाती तोडिने बाहेक हरेक तपाई हामीलाई दिर्घकालिन नाफा छ राजधानी दांग हुदा। ट्राफिक व्यवस्थापन, औद्योगिक जग्गाको उपलब्धता , श्रोतको उचित र वरावरको परिचालन, विकासमा समानता आदि सवैलाई ध्यान दिदै यो निर्णय गरिएको छ।

अन्तर्राष्ट्रिय विमानस्थल यही छ, सेज यहि छ, अन्तर्राष्ट्रिय वोर्डर र भन्सार यहि नै छ, लुम्बिनी यहि छ, हजारौ लाखौँ जनसंख्या यहाँ नै छ, विकास को चरम शुरूआत यहिवाट शुरूभाको छ। के वुटवललाई काठमाडौँ जस्तै फोहोरी र कमजोर वनाउनु थ्यो। जग्गा दलाललाई प्रतिकठ्ठा जग्गा रू २ करोड रुपैयाँ वनाउन दिनु थ्यो? २ किमी यात्रा गर्दा ३०मी लगाउनु थ्यो? उधोग खोल्न चाहे उधोगीलाई एक विगाहा जग्गालाई रू १ अर्व बरावर खर्च गराउनु थ्यो?  बुटवललाई हरेक तरिकाले त्राहिमाम पार्नु थ्यो?  अनी विकासको दृष्टिकोणले पछाडि परेका दांग देउखुरी, पस्चीम कपिलवस्तु, रुकुम, अर्घाखाँची हरूलाई यसै छोड्ने? समानुपातिक विकास नगर्ने?  जव बुटवल लगायतका सहरमा सवै शेवाहरू उपलव्ध छन भने, दाङ जो हरेक तरीकाले राजधानीका लागि उपयुक्त छ त्यहाँ पुर्वाधार विकास किन नगर्ने?

उदारवादी र दुरगामी एमालेका नेताहरू प्रदिप ज्ञवाली, घनश्याम भुसाल, विष्णु पौडेल, शंकर पोखरेल आदिले प्रदेशको सर्वाङ्गीण विकाशको ईरादाले, इमान्दार प्रयासमा राजधानी दांग सारिएको हो। बुटवल सम्बृद्ध छ र रहिरहने छ। खर्व भन्दा बढीका सयौं परियोजनाहरू रातो किताबमा पारीसकेको छ। राष्ट्रिय राजनीतिमा धमाकेदार इन्ट्री गर्ने नेताहरु छन एमालेमा। सरकार मा भएपनि नभएपनि लुम्बिनी प्रदेशबासीको आकांक्षा हरेकपल टेवुल गर्न सक्ने दम छ हाम्रो प्रतिनिधिहरूमा। विशेषगरी विष्णु पौडेल र प्रदीप ज्ञवालीमा।

हाम्रा स्थानीय निकायका प्रतिनिधिहरु , वडा अध्यक्षहरु र सदस्यहरू, मेयरहरू सिधै देशका अर्थ र अन्य विभागीय मन्त्रीहरूसंग वार्तालाप गर्न सक्ने चाहियो। के तपाईंले सोचेको पल्लाघरका दाई वा पल्लो गाउँका दाजु /भाउजुले त्यो दम राख्छन् जो आफ्नो गाउँको, शहरको, क्षेत्रको समस्या प्रधानमन्त्री समक्ष पुर्र्याउन सकोस।

एमालेका प्रतिनिधिहरु वाहेक कसैले सक्दैनन। नेकपा एमालेका प्रतिनिधिहरूलाई अहिले त्यो अत्यन्त महत्वपूर्ण र सजिलो अवसर छ किनकि केन्द्रमा यो प्रदेशको तर्फबाट दमदार उपस्थित छ, संसदमा र सत्ता संचालनमा समेत ।

तसर्थ, चाहानुहुन्छ तपाई को सपनाले पंख फैलावस, तपाईं को क्षेत्रको दमदार प्रभाव रहोस देशैभर, अहिलेसम्मको विकास विकल्प कायम रहिरहोस् भोट एमालेका प्रतिनिधि हरूलाई हाल्नुहोस । याद गर्नुस त नेपाल को जुनसुकै कुनामा लुम्बिनीमा जति आयोजनाहरु छन? विकास परियोजना हरू छन? छैनन। 

। दिमाग हल्लिन गरी काम भै राको छ र सम्पन्न होस त तपाईंको शहरहरू युरोपियन स्तरका हुनेछन । तपाईंलाई थाह छ कसले गर्यो यो चमत्कार? कसको हैसियतले हो यो सवै भाको? था छ?  एमाले को कारण, एमालेका स्थानीय र संघिय नेतृत्वहरूको कारण। किन, लुम्बिनी प्रदेश हरेक पटक एमालेको गढ रहेको छ र विष्णु पौडेल लगायतका नेताहरुको दमले आज यो विकासको दम्भ हामी संग छ। २०७० देखि हरेक पटक एमालेका सुर्यहरू उदाएका छन लुम्बिनीमा। विशेषगरी विष्णु पौडेल।

हरुवा र वेवसहरूसंग सति जान चाहानुहुन्छ? स्थानीय निर्वाचनमा भोट निर्विकल्प एमाले बाहेक अन्त हाल्नोस। ५ वर्ष धिक्कार्दै आफुलाई पष्चातापमा जलाउन चाहानु हुन्छ, भोट एमालेबाहेक अरूलाई हाल्नुस।

छाती चौडा पार्ने हो, म र मेरो पार्टी भन्ने हो भने एमाले निर्विकल्प!!!

ऊट जस्तो गठवन्धन। स्वार्थी र पदलोलुप, अपवित्र सम्झौता मात्र पदका लागि चुनावी रत्यौली मा सहभागी हुनेहो?

माओवादीले रूखमा अनि कांग्रेसले हसिया र हथौडा मा भोट हाल्ने? म के हो भन्ने नि था छैन हो?  कंग्रेस भनुम भोट हसिया र हथौडामा , माओवादी भनुम भोट रूखमा। के भन्ने आफुलाई। इज्जत चाहानुहुन्छ, एमाले ट्राई गर्नुस चित्त शान्ति हुन्छ, कमसे कम ५० बर्ष पछि पनि तपाईंलाई पश्चाताप हुने छैन।

जय नेपाल।


2079-01-24

Comments

Popular posts from this blog

Increasing Non-Performing Loan (NPA’s) of Vehicle Financing-Case Study (Presentation to ALC Training on Professional Writing Training)

Ongoing Liquidity Crisis and Nepalese Economy. Reason and Measures