Posts

Showing posts from May, 2022

नेकपा एमालेलाई भोट किन हाल्ने लुम्बिनी प्रदेशबासीले (VOTE FOR CPN UML: WHY)

देश स्थानीय निकायको निर्वाचनको संघारमा पुगेको छ, वैशाख ३० गते शुक्रबार तय गरिएको निर्वाचन का लागि विभिन्न भिन्न दलहरूका हजारौं नेता कार्यकर्ताहरू प्रत्यासीहरू आ-आफ्नो निर्वाचन क्षेत्रमा प्रचार प्रसार, मोलमोलाइ, भेटघाट लगायतका विभिन्न कार्यक्रमहरुमा व्यस्त छन। के प्रत्यासी, राष्ट्रिय स्तरका नेताहरु, सांसदहरू, मन्त्रीहरू तथा हालका कार्यवाहक प्रधानमन्त्री र पुर्व प्रधानमन्त्रीहरुसमेत यो जोर जुलुममा सहभागी भई आ-आफ्ना स्थानीय नेताहरूकोलागि भोट मागिरहेका छन्। रूपन्देही, नवलपरासी, दाङ, पाल्पा, गुल्मी, अर्घाखाँची लगायतका लुम्बिनी प्रदेश अन्तर्गतका जिल्लाहरु पनि यस प्रक्रियामा अछुतो रहने कुरै भएन जसले देशकै राजनीतिक भविष्य निर्धारण गर्ने घङडान राजनीतिज्ञहरू जन्माएको छ।  विष्णु प्रसाद पौडेल, बालकृष्ण खाँण, घनश्याम भुसाल, कृष्ण वहादुर महरा, नेकपा एमालेका महासचिव  शंकर  पोखरेल, सोमनाथ पान्डे, प्रदीप ज्ञवाली, मोदनाथ प्रश्रित जस्ता राष्ट्रिय स्तरका नेताहरुको उपस्थिति रहेको प्रदेश, सामाजिक, आर्थिक र राजनीतिक हिसाबले अत्यन्त महत्वपूर्ण जिल्लाहरु, राष्ट्रिय र अन्तराष्ट्रिय रूपमा सामरिक महत्व वोकेको क्ष